Comments Add Comment

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए ।

उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन, तर मेयर शाक्यलाई भने संक्रमण पुष्टि भएको छ । ‘हामी कोभिड नियन्त्रण र व्यवस्थापनमा खटिरहेका थियौं । त्यही क्रममा मलाई संक्रमण भएछ । तर मेरो मनोबल उच्च छ’ उनले अनलाइनखबरसँग भने ।

उनलाई लक्षण छैन र, होम आइसोलेसनमा छन् । मेयर शाक्यले भने, होम आइसोलेसनमा बसेर निरन्तर समन्वय र भर्चुअल बैठकहरु गर्छु ।’

संक्रमित भनेर दुर्व्यवहार नगरौं आफूले आग्रह गर्दै आएको र, आइसोलेसनमा बसेर पनि त्यही आग्रह गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment