Comments Add Comment

आइफोन १२ भारतमा बन्ने, १२ मेगापिक्सेलको मुख्य क्यामरा

आइफोन प्रयोगकर्ताहरुले एप्पलको नयाँ संस्करण आइफोन १२ को व्यग्र प्रतिक्षा गरिरहेका छन् । आगामी सेप्टेम्बर १० मा एप्पलले आइफोन १२ सिरिज लञ्च गर्ने अनुमान गरिएको छ ।

आइफोन १२ को लुक्स तथा डिजाइनदेखि क्यामरालगायतका विभिन्न फिचर्सका बारेमा केही समय यता सञ्चार माध्यमहरुले अनेक खुलासा गरिरहेका छन् ।

केही समयअघि सार्वजनिक भएको एउटा समाचारमा आइफोन १२ को संस्करणमा ६४ मेगापिकृसेलको प्राइमरी क्यामरा रहने दाबी गरिएको थियो ।

तर उक्त दाबीलाई खण्डन गर्दै पछिल्लोपटक एक नयाँ समाचार आएको छ जसले आसन्न आइफोनको धमाकेदार क्यामराको प्रतिक्षा गरिरहेका एप्पल फ्यानहरुलाई झट्का दिनसक्छ । त्यो के भने आइफोन १२ मा ६४ मेगापिक्सेलको नभई १२ मेगापिक्सेलको प्राइमरी क्यामरा सेन्सर हुनेछ ।

सबै मोडेलमा १२ मेगापिक्सेल क्यामरा

रिपोर्ट अनुसार आइफोन १२ सिरिजका सबै मोडेलहरुमा १२ मेगापिक्सेलकै मुख्य क्यामरा सेन्सर रहनेछ । रिपोर्टअनुसार एप्पलले पहिलोपल्ट आइफोन १२ भारतमा समेत उत्पादन गर्दैछ ।

आइफोनको उक्त मेड इन इण्डिया मोडेल भारतको बैंगलोरमा उत्पादन हुनेछ । बैंगलोरमा बन्ने आइफोन १२ सन् २०२१ को मध्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ ।

कति पर्ला मूल्य ?

हालैको एक रिपोर्टअनुसार आइफोन १२ सिरिजको मूल्य ७ सय देखि १२ सय डलर सम्म पर्नेछ ।

यसको अर्थ आइफोन १२ को सबैभन्दा महंगो मोडेल समेत आइफोन ११ भन्दा सस्तो हुनेछ । आइफोन १२ सिरिजमा आइफोन १२, १२ म्याक्स, १२ प्रो र १२ प्रो म्याक्स गरी विभिन्न ४ वटा मोडेल आउने बताइएको छ । यद्यपि नाम त्यहीँ नै रहन्छ भन्ने अहिलेसम्म एप्पलको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन ।

एक रिपोर्टअनुसार आइफोन १२ प्रो को डिजाइन धेरै हदसम्म आइफोन फाइभबाट प्रभावित हुनेछ । आइफोन १२ फाइभ जी मोडेलमा आउने अपेक्षा गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment