Comments Add Comment

देशभर १०६९ जना संक्रमित थपिए, उपत्यकामा ४८१

१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ८८ नमुना परीक्षण गर्दा ३४४ महिला र ७२५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । उनीहरुमध्ये २३९ जनाको मृत्यु भएको छ भने २२ हजार १७८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७६८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० छन् ।

यस्तै रुपन्देहीका ९१ जना, सुनसरीका ५६, चितवनका ४५, बझाङका ४०, बाँकेका ३३, लमजुङका ३२, डोटीका २४, कैलालीका २०, सर्लाहीका १९, नवलपुरका १५, झापाका १४, गुल्मी र अछामका १३/१३ जना, मोरङ र बैतडीका १२/१२ जना तथा धनुषा, दोलखा र धादिङका ११/११ मा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका ९ जना, काभ्रे र गोरखाका ८/८ जना, कपिलवस्तुका ७, मकवानपुर र सिन्धुलीका ६/६ जना, रौतहट र तनहुँका ५/५ जना, कास्की, नवलपुर र कञ्चनपुरका ४/४ जना, ओखलढुंगा, खोटाङ, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका २/२ जना तथा उदयपुर, पाँचथर, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, पर्वत, पाल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान र सुर्खेतका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment