Comments Add Comment

चीनले भन्यो– झडपमा कुनै भारतीय सैनिकको मृत्यु भएको छैन

१७ भदौ, काठमाडौं । चीनले गत शनिबार भारतको लद्दाखको चिनियाँ सीमाक्षेत्रमा कुनै भारतीय सैनिकको मृत्यु नभएको दावी गरेको छ ।

चिनियाँ सरकारी समाचार संस्था ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले भनेकी छिन्, ‘मलाई थाहा भएसम्म हालै भारत–चीन सीमाक्षेत्रमा भएको झडपमा कुनै भारतीय सैनिकको मृत्यु भएको छैन ।’

यसअघि भारत–चीन सीमाक्षेत्रमा भएको झडपको क्रममा शनिबार भारतको विशेष सुरक्षा बलका एक सैनिकको मृत्यु भएको समाचार आएको थियो ।

चीन र भारत दुवैले यो झडपको लागि एकअर्कालाई दोषारोपण गर्दै आएका छन् । अहिलेसम्म आधिकारिक रुपमा दुवै पक्षले यो झडपमा मानवीय क्षतिको विषयमा केही बताएका भने थिएनन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment