Comments Add Comment

भारतमा ५४ प्रतिशत संक्रमित १८-४४ वर्ष उमेर समूहका

भारतमा कोरोना भाइरस (कोभिड-१९) को कारण भारतमा संक्रमित हुनेमध्ये आधाभन्दा बढी १८-४४ वर्ष उमेर समूहका मानिसहरु रहेको पाइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्ये यो उमेर समूहका मानिसको संख्या भने केवल १२ प्रतिशत छ । तर, मृतकमध्ये ५१ प्रतिशत ६० वा सोभन्दा बढी उमेरका छन् । जबकी संक्रमितमा ६० वा सोभन्दा बढी उमेर समूहका मानिसको संख्या केवल १२ प्रतिशत छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म भारतमाआठ प्रतिशत संक्रमित १७ वर्षभन्दा कम उमेरका छन् भने कोरोना भाइरसबाट मर्नेमा यो उमेर समूहका एक प्रतिशत छन् ।

त्यस्तै १४ प्रतिशत संक्रमण १८ देखि २५ वर्षका युवामा देखिएको छ भने मृत्यु हुनेको संख्यामा पनि यो समूहको हिस्सा एक प्रतिशत मात्र छ । अर्थात् कोरोना भाइरसको कारण मृत्यु हुनेमा २५ वर्षभन्दा कम उमेर समूहका मानिसको संख्या २ प्रतिशत मात्रै छ ।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेमा ४५ देखि ६० वर्ष उमेर समूहका मानिसको संख्या ३६ प्रतिशत छ । संक्रमितमध्ये यो उमेर समूहका मानिसको संख्या २६ प्रतिशत छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका ३७ लाख ६९ हजार ५२४ संक्रमित फेला परेका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मा ७८ हजार ३५७ नयाँ संक्रमित भेटिएका हुन् । त्यस्तै अहिलेसम्म कोरानेा भाइरसको कारण भारतमा ६६ हजार ३३३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment