+
+
Shares

घरैबाट परीक्षा दिँदा पालना गर्नुपर्ने १६ नियम, पुनर्योग नहुने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते १२:०२

१७ भदौ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले ‘टाइम बाउन्ड होम एक्जाम’ परीक्षा सञ्चालन गर्दा क्याम्पस÷कलेज र परीक्षार्थीले पालना गर्नुपर्ने नियम तयार पारेको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९)ले गर्दा विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा दिन नसक्ने भएपछि पूविले वैकल्पिक विधि अर्थात् ‘टाइम बाउन्ड होम एक्जाम’ लिन लागेको हो ।

सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागेको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिए ।

पूविले परीक्षाका क्रममा क्याम्पस÷कलेजले पालना गर्नुपर्ने ७ र परीक्षार्थीले पालना गर्नुपर्ने १६ बुँदे नियम बनाएको छ ।

बसोबास गरेकै स्थानबाट परीक्षा

परीक्षामा सहभागी हुन नियम अनुसार फाराम भरेर परीक्षा व्यवस्थापन कार्यालयबाट अनिवार्य रोल नम्बर प्राप्त गरेको हुनुपर्दछ ।

पूविबाट रोल नम्बर प्राप्त गरेका विद्यार्थीले आफू बसेकै स्थानबाट परीक्षा दिन पाउने छन् ।

परीक्षार्थीले परीक्षा सुरु हुनुभन्दा १० दिन अगाडि आफ्नो आधिकारिक इमेल सम्बन्धित क्याम्पसमा पठाउनु पर्नेछ । इन्टरनेट, विद्युत, पेन, एफोर साइज पेपर आदि परीक्षार्थी आफैंले व्यवस्था गर्नुपर्नेछ ।

उत्तरपुस्तिकामा टाइप गर्न नपाइने

परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि इमेलमार्फत परीक्षार्थीले प्रश्नपत्र प्राप्त गर्नेछन् ।

उत्तरपुस्तिकाको प्रत्येक पानाको दाहिने भागको माथि आफ्नो रोल नम्बर, विषय, कार्यक्रम, तह, सेमेस्टर र पाना नम्बर अनिवार्य रुपमा लेख्नुपर्नेछ ।

उत्तरपुस्तिकामा परीक्षार्थी स्वयंले हातले लेखेको हुनुपर्नेछ । पूविद्वारा जारी नियममा भनिएको छ, ‘अरुबाट लेखाइएको, कम्प्युटर टाइप गरिएको, कार्बन कपी गरिएको, पुस्तकबाट हुबहु सारिएको वा अन्य कुनै पनि विधि प्रयोग गरिएको पाइएमा त्यस्ता उत्तरपुस्तिका स्वतः बदर हुनेछ ।’

परीक्षा सकिएको दुई घण्टाभित्र उत्तरपुस्तिकाको फोटो वा स्क्यान गरेर क्याम्पस÷कलेजको आधारिक इमेल आईडीमा पठाउनु पर्नेछ ।

प्राप्तांकको पुनर्योग नहुने

यो परीक्षामा सहभागी परीक्षार्थीको प्राप्तांक पुनर्योग नहुने पूविले जनाएको छ । उत्तरपुस्तिकाको प्रतिलिपी समेत परीक्षार्थीले लिन पाउने छैनन् ।

प्रश्नपत्र हाल प्रचलित ढाँचाकै हुने तर वस्तुगत प्रश्न भने सामेल गरिने छैन ।

प्रयोगात्मक परीक्षा भने कोभिड–१९ नियन्त्रणमा आएपछि मात्रै हुने पूविले जनाएको छ ।

चार घण्टाभित्र उत्तरपुस्तिका पूवि पुग्नु पर्ने

‘टाइम बाउन्ड होम एक्जाम’ का लागि पूविले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, कर्मचारी र सहायक कर्मचारीको व्यवस्था गरेको छ ।

परीक्षार्थीको हाजिरी विवरण तयार गर्ने जिम्मेवारी सम्बन्धित क्याम्पस वा कलेजलाई नै दिइएको छ ।

परीक्षा सकिएको दुई घण्टाभित्र परीक्षार्थीले पठाएको उत्तरपुस्तिका त्यसको चार घण्टाभित्र सम्बन्धित क्याम्पस वा कलेजले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयको आधिकारिक इमेलमा पठाइसक्नुपर्ने प्रा.डा. संग्रौलाले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?