Comments Add Comment

भारतीय प्रधानमन्त्री मोदीको वेबसाइटको ट्विटर एकाउण्ट ह्याक

१८ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी वेबसाइटको ट्विटर एकाउण्ट ह्याक भएको छ । सामाजिक सञ्जाल कम्पनी ट्विटरले मोदीको एकाउण्टको ट्विटर एकाउण्ट ह्याक भएको पुष्टि गरेको हो । ह्याकरले उनको एकाउण्ट ह्याक गरी फलोअर्सहरुलाई राहत कोषका लागि क्रिप्टोकरेन्सीमा पैसा दान गर्न आग्रह गरेका थिए ।

ट्विटरले यस्तो गतिविधिबाट आफूहरु सतर्क रहेको र उक्त एकाउण्ट सुरक्षित गर्न आवश्यक कदम चालिसकेको बताएको छ ।

यसअघि गत जुलाईमा पनि अमेरिकी राष्ट्रपति पदका प्रत्याशी जो बाइडन र टेस्ला कम्पनीका संस्थापक एलन मस्कको ट्विटर एकाउण्ट पनि ह्याक भएको थियो । यो पछिल्लो हाइ प्रोफाइल ह्याक हो । मोदीको निजी वेबसाइटमा २५ लाख फलोअर्स छन् ।

यद्यपि मोदीको आफ्नै ट्विटर एकाउण्ट भने प्रभावित नबनेको बताइएको छ । मोदीको व्यक्तिगत ट्विटर एकाउण्टमा भने ६ करोड १० लाख फलोअर्स छन् ।

ट्विटरका प्रवक्ताले अहिले आफूहरु घटनाको अनुसन्धान गरिरहेको र थप एकाउण्टहरु भने ह्याक नभएको पाइएको बताएका छन् । भारतीय प्रधानमन्त्रीको निजी वेबसाइटको ट्विटर एकाउण्ट ह्याक गरी गरिएको ट्विट हटाइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment