Comments Add Comment

२०३० को एसियन गेम्स आयोजना गर्ने दाबेदारीसहित कतारद्वारा लोगो सार्वजनिक

१८ भदौ, काठमाडौं । कतारले सन् २०३० को एसियन गेम्स आयोजना गर्न दाबेदारीसहित आधिकारिक लोगो सार्वजनिक गरेको छ ।

पछिल्लो समय विश्वकका ठूला खेलकुद इभेन्टहरु आयोजना गरेको कतारले १० वर्षपछि हुने २१औं संसकरणको एसियन गेम्सको दाबेदारीका लागि लोगो र स्लोगन सार्वजनिक गरेको हो ।

दोहा २०३० एसियन गेम्स बिड समितिले मंगलबार लोगो र नाराको अनावरण गरेको छ । जसले कतारको परम्परा र आधुनिकताको संयोजन र एसियाको स्थायी विरासतको साथ जादुयी खेलहरूको आयोजना गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

कतारओलम्पिक कमिटीका अध्यक्ष तथा दोहा २०३० एसियन गेम्स बिडिङ कमिटीका प्रमुख शेख जोन बिन हमाद बिन खालिफाले कतारी खेलाडी र समितिका प्रतिनिधिहरुसँगै भर्चुअलरुममा आधिकारिक लोगो र योर गेटवे नामक नारा सार्वजनिक गरेका हुन् ।

यसअघि कतारले सन् २००६ मा १५औं संस्करणको एसियन गेम्स आयोजना गरेको थियो । पछिल्लो समय कतारले एसिया कप फुटबलको सफल आयोजना गरेको थियो । यस्तै वर्ल्ड एथ्लेटिक्स च्याम्पियन्सिप पनि कतारमा भएको थियो । कतारले पहिलोपटक सन् २०२२ मा फिफा विश्वकपसमेत आयोजना गर्दैछ ।

खेलकुद सहरको रुपमा विकास हुँदै गरेको कतारले खेलकुद आयोजना गर्न अत्याधुनिक संरचनाहरु तयार पारिरहेको छ । सन् २०२२ को विश्वकपपछि कतारले सन् २०३० मा एसियन गेम्स आयोजना गर्ने दाबेदारी पेस गरेको हो ।

गत वर्ष नै कतारले दोहामा २०३० को एसियन गेम्स आयोजना गर्न दाबेदारी पेस गरेको थियो । यसैगरी साउदी अरेबियाले पनि यसै वर्ष अप्रिलमा २०३० को एसियन गेम्स गर्नका लागि दाबेदारी पेस गरेको छ । दुई राष्ट्रले मात्र २०३० को एसियन गेम्सको लागि दाबेदारी पेस गरेका छन् ।

अब २०२० को नोभेम्बर ओलम्पिक काउन्सिल अफ एसियाको जेनेरल एसेम्बीमा आयोजक राष्ट्र चयनका लागि मतदान हुनेछ । त्यहीँबाट २०३० को लागि आयोजक राष्ट्र चयन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment