Comments Add Comment

रग्बी टिम कप्तान एलिसालाई कोरोना संक्रमण

१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय रग्बी महिला टिमकी कप्तान एलिसा थापालाई कोरोना संक्रमण भएको छ । बागमती प्रदेश उपसभामुखकी स्वकीय सचिवसमेत रहेकी थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेकी हुन् ।

थापाले २०१५ देखि राष्ट्रिय रग्बी टिममा खेल्न थालेकी थिइन् भने २०१७ देखि कप्तानको रुपमा छिन् । उनी पहिला उपकप्तान थिइन् ।

थापा अहिले हेटौँडास्थित घरमै आसोलेसनमा बसेकी छिन् । उनले आफूलाई कुनै लक्षण नरहेको र स्वस्थ रहेको बताइन् । उनले कोरोना पोजेटिभ देखिए पनि सकरात्मक सोच र उच्च मनोबल बनाउनुपर्ने बताइन् ।

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण देखिएपछि कन्ट्याक ट्रेनिङमा त्यहाँको सबैको परिक्षण गर्दा एलिसाको कोरोना पोजेटिभ देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment