Comments Add Comment

रामचन्द्र पौडेलले भने- रेलको ठेक्का भ्रष्टाचार हो, तुरुन्तै रोकेर छानविन गरौं

'राष्ट्रिय ढुकटीको ब्रम्हलुट'

१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा-इनरुवा रेलमार्गको ठेक्का प्रक्रिया तत्काल रोक्न माग गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै पौडेलले तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर लेखा समिति, विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत न्यायिक छानविन गर्न माग गरेका छन् ।

पौडेलले निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा रेलमार्ग निर्माणको दिने तयारीले सरकारको भूमिकाले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको उल्लेख गरेका छन् ।

उनले जग्गाको मुआब्जा समेत वितरण नगरी आवश्यक गृहकार्य र तयारीबिना ठेक्कापट्टामा हतारिनुले गर्नुले राष्ट्रिय ढुकुटीको ब्रम्हलुट हुने देखिएको बताएका छन् ।

रेलमार्ग निर्माण परियोजनाका लागि निर्माणस्थलको धरातल तय भइनसकेको र सार्वजनिक खरिद ऐन तथा खरिद नियमावलीविपरीत खुला प्रतिस्पर्धा नगराई निश्चित ठेकेदार कम्पनीलाई पोस्ने गरी ठेक्का दिनु अनुचित भएका बताएका छन् ।

उनले हचुवाका भरमा ३५ अर्ब खेर जाने अवस्था आउनु अनुचित भएको पनि उल्लेख गरेका छन् ।

अनलाइनखबर फलोअप

यो पनि पढ्नुहोस उत्तरसँग जोडिने रेल पहिलो प्राथमिकतामा रहनुपर्छ यो पनि पढ्नुहोस रेलको ठेक्कामा यत्रो विवाद हुँदा मुख्यसचिवज्यू के गर्दै हुनुहुन्छ ? यो पनि पढ्नुहोस बेलबारीका मेयरको प्रश्न : हवाईजहाजजस्तै रेल हेर्ने मात्रै हो ? यो पनि पढ्नुहोस रेलको औचित्य छ, निर्माण ठ्याक्कै रोकौं, समग्र योजनाको समीक्षा गरौं यो पनि पढ्नुहोस पूर्वतयारीविनाको ठेक्काले अलपत्र आयोजनाका नालीबेली, रेलमार्ग पनि थप्ने ? यो पनि पढ्नुहोस ठेकदार-सरकार मोबिलाइजेसन धन्दा, प्लटिङसँगै चन्दा ! यो पनि पढ्नुहोस रेल-वे ठेक्का सेटिङ : कसले कुन ठेक्का पाउने पहिल्यै तय गरेर टेन्डर ! यो पनि पढ्नुहोस झापा–सुनसरी रेलमार्ग : गोरु पछाडि, गाडा अगाडि ! यो पनि पढ्नुहोस रेलको ठेक्का योजनावद्ध र खुलेआम भ्रष्टाचार हो : राजेन्द्र लिङ्देन यो पनि पढ्नुहोस पूर्वतयारी नसकी हतारमा ३२ अर्बको रेल्वे ठेक्का यो पनि पढ्नुहोस राज्य संरक्षित १८ भाइ ठेकदार : ५३ प्रतिशत ठेक्का कब्जा यो पनि पढ्नुहोस रेल्वे टेन्डरमा सेटिङ : १७ अर्बका ३० ठेक्का, एक दर्जन कम्पनीमात्रै योग्य यो पनि पढ्नुहोस प्रधानमन्त्रीको सपनामा रेलै–रेल, ठेक्कामा र्‍याल ! यो पनि पढ्नुहोस रेलको विवादित ठेक्काबारे यातायातमन्त्री नेम्वाङ भन्छन्- बुझ्दैछौं यो पनि पढ्नुहोस रेल विभागलाई अर्थले भन्यो-कानून मिचेर ठेक्का नलगाउनू यो पनि पढ्नुहोस विज्ञले ‘झापातर्फ रेलमार्ग बनाउनु औचित्यहीन’ भनेपछि मन्त्री नेम्वाङले मागे रसियासँग ऋण यो पनि पढ्नुहोस ‘झापालाई छाड्नुस्, काठमाडौं-वीरगञ्जबाट रेलमार्गको काम थालौं’ यो पनि पढ्नुहोस अधिग्रहणको सूचनाप्रति रेलमार्ग प्रभावितको आपत्ति यो पनि पढ्नुहोस संसदीय समितिले भन्यो-पूर्वतयारी सकिएपछि मात्रै रेलको ठेक्का लगाउनू यो पनि पढ्नुहोस ढिलो गतिको रेलमार्ग : १० वर्षसम्म टुंगिएन मुआब्जा विवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment