+
+
Shares

नियमित स्वास्थ्य परीक्षण गर्न शिक्षण अस्पताल पुगे राष्ट्रपति

स्वास्थ्य जाँचपछि राष्ट्रपति पौडेल अस्पतालबाट फर्किसकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १६:३७

९ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर स्वास्थ्य जाँच गराएका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बुधबार नियमित स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेको जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालका अनुसार राष्ट्रपति पौडेल अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा स्वास्थ्य परीक्षण गर्न पुगेका थिए ।

मनमोहन कार्डियो भास्कुलर सेन्टरका निर्देशक डा. रत्नमणि गजुरेलले राष्ट्रपति पौडेल नियमित फलोअपमा आएको जानकारी दिए ।

‘यसअघि उहाँको मुटुमा पेसमेकर राखिएको थियो । त्यसको नियमित जाँच गर्न पुग्नुभएको हो,’ उनले भने, ‘यहाँ उहाँको ईसीजी र ईको परीक्षण गरिएको छ ।’

परीक्षणबाट राष्ट्रपति पौडेलका स्वास्थ्य सामान्य पाइएको गजुरेलले जानकारी दिए । उनले भने, ‘परीक्षणको नतिजा राम्रो आएको छ । खास्सै समस्या देखिएन ।’

स्वास्थ्य जाँचपछि राष्ट्रपति पौडेल अस्पतालबाट फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?