News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन र हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन्।
- शीतल निवासमा स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजसँगको भेटमा पौडेलले नेपालको शान्ति प्रक्रिया र विकासमा स्विटजरल्याण्डको सहयोगको प्रशंसा गरेका छन्।
- पियरेले हिमालहरू चलायमान हुँदैछन् भन्दै पूर्वसूचना प्रणाली महत्त्वपूर्ण रहेको र यसमा स्विटजरल्याण्डले नेपालसँग सहकार्य गर्न चाहेको उल्लेख गरेका छन्।
१६ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन्।
नेपाल भ्रमणमा रहेको स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको शीष्टाचार भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
‘नेपालको शान्ति प्रक्रियामा स्विटजरल्याण्ड सरकारको निरन्तर सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ, नेपालको लोकतन्त्र, संघीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विटजरल्याण्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु,’ राष्ट्रपतिको भनाइ उधृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने।
साथै, राष्ट्रपति पौडेलले स्विटजरल्याण्डको सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको बताए। सो अवसरमा स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरेले हिमालहरू चलायमान हुँदैछन्, यसका लागि पूर्व सूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेको र यसमा स्विटजरल्याण्डले काम गरिरहेको सन्दर्भमा यसमा सहकार्य गरेर अगाडि बढन चाहेको उल्लेख गरे।
प्रतिक्रिया 4