News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा शीतल निवासमा बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका छन् ।
- शारदा पण्डितले राष्ट्रपतिलाई ओखर, बदामसहित फलफूल र सौगात दिएकी थिइन् भने पौडेलले पनि बहिनीलाई उपहार र दक्षिणा दिएका थिए ।
- नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको जनाएको थियो ।
२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाएका हुन् ।
सो अवसरमा बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरेकी थिइन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा दिएका थिए । राष्ट्रपतिको स्वकीय सचिवालयले यसको जानकारी दिएको हो ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको जनाएको थियो ।
यमपञ्चकको अन्तिम दिन भाइटीका पर्व मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएर दीर्घायु, सुख र समृद्धिको कामना गर्ने प्रचलन छ ।
प्रतिक्रिया 4