Comments Add Comment

स्वस्फूर्त रातो मच्छिन्द्रनाथको रथ तान्दा पुल्चोकमा देखिएको तनाव

१८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण रातो मच्छिन्द्रनाथको रथयात्रा लामो समयदेखि रोकिएको थियो । तर बिहीबार विहानै युवाहरु पुल्चोकस्थित रथ बनाइएको स्थलमा भेला भए, जनस्वास्थ्यका मापदण्ड पालना गरेर रथयात्रा गर्नुपर्ने नारा लेखिएको प्ले कार्ड देखाए ।

यसले भिडभाड बढ्यो । प्रहरीले भिड भएको भन्दै प्रदर्शन गर्नेहरुलाई हटाउन खोज्दा तनाव भयो । प्रहरीले हस्तक्षेप गरेको भन्दै युवाहरु आजै रथ थान्नुपर्छ भन्दै कस्सिए । संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको भन्ने उनीहरुलाई सम्झाउने कोही भएनन् ।

भीडमा रहेका केही युवाले रथलाई अड्याउन बाँधिएको डोरी खोले र तान्न थाले । ख्यालख्यालमै सडक किनारामा रहेको रथ बीच सडकमा आइपुग्यो, भीडले एकाएक तानेर केही मिटर अगाडि ल्यायो ।

यसपछि बल्ल प्रशासनले रोक्न खोज्यो । त्यही कारण पुल्चोक तनावग्रस्त भयो । रथ तान्न खोज्ने युवाहरुले नाराबाजी गरे, प्रहरीलाई रोके । त्यही बेला पानीको फोहोरा हान्ने प्रहरीको गाडी आएपछि प्रहरीतर्फ ढुंगामुढा भयो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गर्नु परेको छ ।

अहिले रथ तान्न रोकिएको छ, तर तनाव कायमै छ ।

हेर्नुहोस् थप तस्वीरहरु :

  

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment