Comments Add Comment

अमेरिकामा राजनीतिक मुद्दा बन्दै कोरोना खोप

१८ भदौ, काठमाडौं । अमेरिकामा आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति निर्वाचनभन्दा पहला कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिने योजनामा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले ५० राज्यका स्वाथ्य अधिकारीहरुसँग एक नोभेम्बरसम्म खोप वितरणको लागि तयार रहन निर्देशन दिएको छ ।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार २७ अगष्टसम्म पठाइएको तीन दस्तावेजहरुमा खोप वितरण गर्ने निर्देशिका पनि समावेश छ । निर्देशिकाअनुसार सबैभन्दा पहिला खोप स्वास्थ्यकर्मी, ६५ वर्षभन्दा बढी उमेरका मानिसहरु र संक्रमणको जोखिम सबैभन्दा बढी रहेका समुदायका मानिसलाई दिइनेछ ।

अमेरिकामा अहिले धेरै कोरोना भाइरसविरुद्धको खोपको परीक्षण चलिरहेको छ । जसमध्ये केही परीक्षण अन्तिम चरणमा छन् । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले परीक्षणको क्रममा सकारात्मक नतिजा आए परीक्षण पूरा हुनुभन्दा पहिला नै खोपको प्रयोग शुरु गर्न सकिने बताएका छन् ।

यद्यपि अन्य वैज्ञानिकहरुले भने यो घोषणा गर्नुमा राजनीति भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनीहरुले निर्वाचन र कोरोना भाइरसको खोप निर्माणको समयलाई लिएर आशंका व्यक्त गरेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment