+
+

बिप्लव समूहका नेता विरही पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २० गते १९:५४

२० भदौ, चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता अनिल शर्मा ‘विरही’ अस्पताल परिसरबाटै पक्राउ परेकाम छन् । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले शनिबार अपरान्ह गिरफ्तार गरेको छ ।

उनलाई अस्पतालले असार तीन गतेको डिस्चार्ज स्लीप दिएको पारिवारिक स्रोत जनाएको छ । त्यसलगतै प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको बताए । उनले भने–‘अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौं, उहाँलाई धनुषा पठाउँछौं ।’

गत वैशाखमा भर्याङबाट लडेपछि उपचारका लागि पुरानो मेडिकल कलेज पुग्दा उनलाई प्रहरी पक्राउ गरेको थियो । तर चितवन जिल्ला अदालतले आदेश बमोजिम अस्पतालमा नै बसेर उपचार गराइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?