Comments Add Comment

विराटनगरका ७० वर्षीय वृद्धमा मृत्युपछि कोरोना पुष्टि

२१ भदौ, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– २ का ७० वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले उपचारका लागि शनिबार साँझ वृद्धलाई कोशी अस्पताल ल्याएका थिए ।

अस्पताल ल्यइपुर्‍याउँदा नै वृद्धको मृत्यु भइसकेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । ‘मृत्युपछि स्वाब संकलन गरेर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने ।
योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

प्रदेशमा थपिए १४३ संक्रमित

आइतबार प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ । मृत्यु हुनेको संख्या ४१ पुगेको छ । प्रदेश १ मा सक्रमण मुक्त हुनेको संख्या १ हजार ८४३ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment