Comments Add Comment

वीरगञ्जमा ‘प्लाज्मा’ दिइएका संक्रमितको मृत्यु

२१ भदौ, वीरगञ्ज । वीरगञ्जमा ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ । चक्रघट्टा गाउँपालिका-३ सुन्दरपुर, सर्लाहीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नारायणी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आइतबार मृत्यु भएको अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

ज्वरो, स्वास प्रश्वासमा समस्य लिएर ३ भदौमा अस्पताल भर्ना भएका उनीमा कडा खालको कोभिड निमोनिया देखिएको थियो । उनलाइ १४ गते प्लाज्मा दिइएको थियो ।

उनी वीरगञ्जमा प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएका पहिलो संक्रमित थिए । प्लाज्माथेरापीपछि स्वास्थ्यमा सुधार आएको थियो ।

तर उपचारका क्रममा मुटुमा पनि समस्या देखियो । मुटुमै समस्या जटिल बनेर उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डाक्टर उदय नारायण सिंहले बताए । उनले अनलाइनखबरसँग भने, अचानक अवस्था विग्रेको थाहा भएपछि पीपीई लगाउन जाउँ कि उपचार गरौं भन्ने भयो । पीपी नलाईकन विरामीलाई भेन्टिलेटरमा हाले, सिपीआर गरे, तर जोगाउन सकिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment