Comments Add Comment

युएस ओपनको उपाधिका लागि ओसाका र अजरेन्का भिड्ने, सेरेना बाहिरिइन्

२६ भदौ, काठमाडौं । युएस ओपन ग्राउण्ड्सलाम २०२० अन्तर्गत महिलातर्फको फाइनलमा जापानी खेलाडी नाओमी ओसाका र बेलारुसकी भिक्टोरिया अजारेन्का भिड्ने भएका छन् ।

पहिलो सेमिफाइनलमा ओसाकाले अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई ७-६, ३-६ र ६-३ ले पराजित गरिन् । चौथो वरीयताकी २२ वर्षीया ओसाकाले सन् २०१८ की युएस ओपन जितेकी थिइन् । ओसाकाले गत वर्ष अष्ट्रेलियन ओपन पनि जितेकी थिइन् ।

यस्तै दोस्रो सेमिफाइनलमा बेलारुसकी अजारेन्काले अमेरिकाकै ३८ वर्षीय सेरेना विलियम्सविरुद्ध पुनरागमन जित हात पारिन् । पहिलो सेट सेरेनाले ६-१ ले जितेपछि त्यसपछि अजारनेकाले पुनरागमन गर्दै ६-३ र ६-३ ले दुई सेट जित्द खेल जितिन् ।

पूर्व विश्व नम्बर एक खेलाडी अजारेन्का ७ वर्षपछि पहिलो पटक ग्रान्डस्लाम टेनिसको फाइनलमा पुगेका हुन् । अजारेन्काले दुई पटक अष्ट्रेलियन ओपन जितेकी छिन् । उनी यसअघि दुई पटक अमेरिकन ओपनको फाइनलमा पुगेपनि पराजित भएकी थिइन् । सन् २०१२ र २०१३ को युएस ओपन फाइनलमा अजारेन्का सेरेनासंगै पराजित भएकी थिइन् ।

घरेलु कोर्टमा सेमिफाइनलबाटै बाहिरिएपछि सेरेनाको २४औं ग्राण्डसलाम जित्ने सपना यस पटक पूरा नहुने पक्का भएको छ । सेमिफाइनल पुगेका दुवै अमेरिकी खेलाडी पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment