
२८ भदौ, विरानगर । विराटनगर महानगरपालिकाले प्रदान गर्दै आएको सेवा पाँच दिनका लागि बन्द भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको अत्यावश्यक बाहेक अन्य सेवा पाँच दिनका लागि बन्द भएको हो ।
आइतबार बिहान प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरेलको कन्ट्याक ट्रेसिङमा मेयर भीम पराजुली र महानगरका अन्य कर्मचारी पनि परेपछि विराटनगरको सेवा पाँच दिन बन्द गर्ने निर्णय भएको मेयर पराजुलीले बताए ।
२९ भदौबाट – २ असोजसम्म रहने बन्दमा स्वास्थ्य, सरसफाई, वरुणयन्त्रसहित अत्यावश्यक सेवा भने सञ्चालनमा रहनेछन् ।
समुदायमा संक्रमण देखिएको विराटनगरमा यस अघि विराटनगर- २ का अध्यक्ष कुमार पोखरेल र विराटनगर- ५ का अध्यक्ष मिनकुमार आचार्यलाई कोरोना पोजेटिभ देखिएको थियो ।
महानगरमा एक हजार चारसय २ कोरोना संक्रमित छन् । ती मध्ये १७ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया 4