News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।
- नगरसभाको १७ औँ अधिवेशनले भदौको जेनजी आन्दोलन र आन्तरिक आय मन्दीका कारण बजेट समायोजन गरेको हो।
- भदौ २३ र २४ गतेको आन्दोलनमा प्रशासनिक भवनसहित १३ वडा कार्यालयमा आगजनी हुँदा झण्डै १ अर्ब रुपैयाँ क्षति भएको छ।
२४ पुस, विराटनर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमा २० प्रतिशत कटौती गर्ने गरेको छ ।
बिहीबार सम्पन्न नगरसभाको १७ औँ अधिवेशनले गत भदौमा भएको ‘जेनजी आन्दोलन’ बाट सिर्जित परिस्थिति र आन्तरिक आयमा देखिएको मन्दीका कारण बजेट समायोजन गरेको हो ।
चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख रुपैयाँ आयको अनुमान गरिएको थियो । पुस १५ गतेसम्म १ अर्ब १५ करोड ८४ लाख रुपैयाँ अर्थात् २८ दशमलव ९३ प्रतिशत मात्र यथार्थ आय भएको छ ।
आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोडको लक्ष्य राखिएकोमा १९ करोड ८५ लाख रुपैयाँ मात्र संकलन भएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित १३ वटा वडा कार्यालयमा भएको आगजनीबाट झण्डै १ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो ।
उपमेयर शिल्पा निराला कार्कीका अनुसार बजेट कटौती वडास्तरीय बाहेकका क्षेत्रगत तथा नगरस्तरीय योजनाहरूमा गरिएको छ ।
प्रतिक्रिया 4