+
+
Shares

रथलाई पुल्चोकमै छाडेर रातो मत्स्येन्द्रनाथलाई बुंगमती लगियो

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ भदौ २९ गते २१:३५

२९ भदौ, काठमाडौं । रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती पुर्‍याइएको छ । सोमबार दिउँसोको लागि तय भएको उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती पुर्‍याएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए ।

कोरोना भाइरसका कारण रथायात्रा गर्न नसकेपछि भदौ १९ गते क्षमा पूजा गरिएको रातो मत्स्येन्द्रनाथलाई मंगलबार चोख्याउने र बुधबारदेखि नियमित पूजा गरिने महर्जनले जानकारी दिए ।

सोमबार सरकारको स्वास्थ्य मापदण्डलाई ख्याल गरेर मत्स्येन्द्रनाथलाई बुंगमती लगिएको महर्जनले जानकारी दिए । पुल्चोकमा बनाइएको करुणामयाको रथलाई मत्स्येन्द्रनाथलाई बुंगमती लगिएको चौथो दिनमा भत्काउने धार्मिक परम्परा छ ।

चैत २७ गतेदेखि सुरु हुनुपर्ने नेपालकै सबैभन्दा लामो रथयात्रा कोरोना महामारीका कारण तोकिएको समयमा सम्पन्न हुन सकेको थिएन ।

कोरोनाको त्रास केही कम भएको समय पारेर असार १० गतेदेखि रथ निर्माण गरिएकोमा साउन १० गते करुणामयलाई रथारोहण गराइएको थियो । एक महिनासम्म पनि रथ नतानेपछि भदौ १८ गते युवाहरूको एउटा टोलीले जबर्जस्ती रथयात्रा गर्न लागेपछि पुल्चोकमा सो दिन प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो ।

त्यसपछि सबै पक्षको बैठकले क्षमापूजा गरेर मत्स्येन्द्रनाथको रथलाई सांकेतिक रूपमा मात्रै तान्ने सहमति अनुरुप कर्फ्युकाबीच भदौ १९ गते पुल्चोकमा क्षमापूजा गरिएको थियो ।

भदौ २२ गते दैवज्ञ ज्योतिषहरूले साइत जुराउँदा सोमबार मात्रै मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत जुरेको थियो ।

ज्यापु समाजका अध्यक्ष महर्जनले पुल्चोकमा रहेको करुणामयको रथ सडकमा रहेकोले बुंगमती लगेको चारदिन अघि नै पनि भत्काउन सकिने जानकारी दिए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?