+
+
Shares

बब्लु र मनिषमाथि भएको कुटपिटबारे छानविन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३ गते १६:०४

३ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रर्दशनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानविन गर्न नेपाल प्रहरीले समिति बनाएको छ ।

१०० ग्रुपका गुप्तामाथि बिहीबार प्रहरीले निर्घाट कुटपिट गरेको थियो । प्रदर्शनका क्रममा नियन्त्रणमा लिइसकेपछि पनि प्रहरीले कुटेको थियो । यस्तै शुक्रबार विजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको कुटपिटबाट श्रेष्ठको टाउमा चोट लागेको छ ।

दुबै घटनामा प्रहरीले सार्वसाधारणमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानविन समिति बनाएको हो ।

रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा बनेको समितिमा डीएसपी भवेश रिमाल र इन्स्पेक्टर विष्णुप्रदीप बस्याल छन् । समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?