Comments Add Comment

अपाङ्गता दम्पतीलाई जीसीएसको सहयोग

५ असोज, काठमाडौं । नेपाल तेक्वान्दो संघका अध्यक्षसमेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपाङ दम्पतीलाई राहत प्रदान गरेका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा परेका अपाङ दम्पतीलाई अध्यक्ष राणाले खाद्य सामाग्री सहयोग गरेका हुन् । उनीहरुलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले ३० केजी चामल, नुन, तेल, दाल र चिनी समान २-२ केजी, सिलिन्डरसहितको ग्यास सोमबार हस्तान्तरण गरे ।

थलीस्थित अपाङ दम्पती बस्ने डेरामा पुगी अध्यक्ष खड्काले सामाग्री हस्तान्तरण गरेका थिए । कागेश्वरी मनोहरा नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा राहत दिइएको थियो ।

अध्यक्ष खड्काले केही दिनअघि व्यक्तिगत १२ हजार रुपैयाँ खर्चमा आलापोटस्थित अमरनाथ मन्दिरको सरसफाइका साथै रंगरोगन पनि गरिदिएका छन् ।

कोरोना भाइरसका कारण पहिले गरिएको लकडाउन र पछिको निशेधाज्ञाका कारण समस्यामा परेका विभिन्न व्यक्ति र परिवारलाई गरी जम्मा ४१० परिवारलाई राहत बितरण गरिसकेको अध्यक्ष खड्काले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment