+
+
Shares

खोर्केखोलामा भेटियो नवजात शिशुको शव

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ९ गते १४:००

९ असोज, सर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक नवजात शिशुको शव खोलामा भेटिएको छ ।

वीरेन्द्रनगर नगरपालिका-६, खोर्के खोलामा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा शिशु शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

एसपी भट्टका अनुसार शुक्रबार बिहान ९ बजे नवजात शिशु शव खोलाको किनारामा फेला परेको हो ।

‘जन्मिने वित्तिकै शिशुलाई प्लाष्टिकले बेरेर खोलामा फलिएको पाइएको छ,’ एस्ापी भट्टले भने, ‘कसले र कहिले शिशु फालेको भन्नेबारे अनुसन्धान भइरहेको छ ।’

फेला परेको शिशुको शवलाई पोष्टमार्टमको लागि कणर्ाली प्रदेश अस्पताल पठाइएको एसपी भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?