+
+
Shares

बिहीबारदेखि दशैं लक्षित पाँच दर्जन सहुलियत मूल्यको पसल

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १८:२८

१२ असोज, काठमाडौं । बजारको महँगी नियन्त्रण गर्न सरकारले दशैंलक्षित सहुलियत मूल्यको पसल असोज १५ गते बिहीबारबाट सञ्चालनमा ल्याउने भएको छ ।

सोमबार बसेको सञ्चालक समिति बैठकले असोज १५ देखि मंसिर ६ गतेसम्म देशैभर ६० वटा सहुलियत मूल्यको पसल  सञ्चालन गर्ने निर्णय गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

‘काठमाडौं उपत्यकामा १३ सहित देशभर ६० वटा सहुलियत पसल खोल्ने निर्णय भएको छ, सहुलियत पसलमा कुन कुन वस्तु कति मूल्यमा पाइने भन्ने विषय भने केही दिनमा मन्त्रालयले टुंग्याउने छ,’ कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले भने ।

सोमबारको निर्णयअनुसार काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच, साल्ट ट्रेडिङले पाँच, तथा दुग्ध विकास संस्थाले तीन गरी १३ वटा पसल सञ्चालनमा आउने छ ।

उपतयाकाबाहिर  खाद्यको २४ वटा कार्यालय र साल्ट ट्रेडिङको २३ कार्यालयमार्फत सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले यस वर्ष माग कम हुने अनुमान गरेर च्याङ्ग्रा र खसी बोकोको संख्या एक हजारले कटौती गरेको छ ।

यस अघि १६ सय खसी बोका र १४ सय च्याङ्ग्रा गरी तीन हजार गोटा खरिद गर्ने छलफल भएपनि दुई हजार मात्रै च्याङ्ग्रा र खसी बोका ल्याउने कम्पनीले निर्णय गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?