Comments Add Comment

न्यायाधीशलाई कोरोना संक्रमणपछि सर्वोच्चमा एउटा मात्रै इजलास

१८ असोज, काठमाडौ । सर्वाेच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई कोरोना संक्रमण भएपछि आइतबार सर्वाेच्च अदालतको काम प्रभावित भएको छ ।

आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासका लागि मात्र पेशी तोकिएको छ । शर्माले ९ वटा रिट र २ वटा अदालतको अवहेलना मुद्धा हेर्दैछन् । सामान्य अवस्थामा सातवटा भन्दा बढी इलजास सञ्चालन हुने सर्वोच्चमा न्यायाधीशलाई कोरोना संक्रमण भएसँगै इजलास स‌ंख्या एउटामा झरेको हो ।

सर्वाेच्चले कतिजना न्यायाधीश र कर्मचारी संक्रमित भएको जानकारी भने दिएको छैन । उसले एक सूचना जारी गदै केही न्यायाधीशहरु, र कर्मचारीहरुमा संक्रमण देखिएको जानकारी दिएको छ ।

लकडाउनको शुरुमा केही प्रभावित भएको सर्वाेच्च पछिल्लो समय लकडाउन हटेपछि भने पूर्ण रुपमा सञ्चालनमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment