Comments Add Comment

स्वास्थ्य मन्त्रालयको आग्रह : काठमाडौं नआउनुस्

१७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको छ ।

शनिबार २१२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा उपत्यकाका ११७७ जना उपत्यकाका थिए ।

उपत्यकामा संक्रमण बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनले भने, ‘अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment