News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- रजौरियालाई सिरहाबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
- सुनकोशी मरिण ठेक्काको विषयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हुनसक्ने आकलन गरिएको छ ।
१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सिँचाइ विभागका महानिर्देशक (डीजी) दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रजौरियालाई सिरहाबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बताएको छ । तर उनीहरूलाई अहिले प्रहरी हिरासतमा राखिएको छैन ।
उनीहरू दुवै जनालाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ । अहिले उनीहरूलाई त्यही राखिएको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
‘नियन्त्रण गरेर ल्याउनु भन्ने आदेश आएपछि सोही अनुसार भएको हो । उहाँहरू अहिले हाम्रो हिरासतमा हुनुहुन्न । हामीले प्रधानमन्त्री कार्यालयमा बुझाएका हौं,’ स्रोतले भन्यो ।
सुनकोशी मरिण ठेक्काको विषयलाई लिएर उनीहरूलाई नियन्त्रणमा लिइएको हुनसक्ने आकलन गरिएको छ ।
यो आयोजनाको पटक पटक ठेक्का लाग्ने, रद्द हुने गर्दै आएको छ ।
प्रतिक्रिया 4