+
+
Shares

हेलो सरकारमा एक सातामा झन्डै ७ हजार गुनासा

प्रधानमन्त्री कार्यालयले साताभरी गरेका कामको सार्वजनिक गर्न आयोजित कार्यक्रममा पोर्टल र फोनमार्फत गरी ६ हजार ६ सय ८ गुनासा आएको जानकारी गराएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा एक साताको अवधिमा फोन र पोर्टल गरी जम्मा छ हजार छ सय आठ गुनासा दर्ता भएका छन् ।
  • कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार पोर्टलबाट आएका गुनासामध्ये हालसम्म दुई हजार २१ वटा गुनासाको समाधान भइसकेको छ ।
  • प्रधानमन्त्री कार्यालयले अबदेखि प्रत्येक शुक्रबार साताभरि सम्पादन भएका कामहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

२९ साउन, काठमाडौं । हेलो सरकारमा एक सातातमा ६ हजार बढी गुनासा आएका छन् । प्रधानमन्त्री कार्यालयले साताभरी गरेका कामको सार्वजनिक गर्न आयोजित कार्यक्रममा पोर्टल र फोनमार्फत गरी ६ हजार ६ सय ८ गुनासा आएको जानकारी गराएको हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार पोर्टल मार्फत ३ हजार मात्र ३ हजार ४९६ गुनासा आएका छन् । पोर्टलमार्फत सम्बन्धित निकायमा पठाइएको गुनासो २ हजार २२५ रहेको छ । पोर्टलमार्फत समाधान भएका गुनासो २ हजार २१ र पोर्टल मार्फत फछ्यौट भएको ९ सय ८१ गुनासा छन् ।

गुनासोको लागि ३ हजा ११० कल कार्यालयले उठाएको छ । फोनमार्फत व्यवस्थापन भएको गुनासो २ हजार १७७ रहेको र १० वटा गुनासा रद्द गरिएको कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयले अबदेखि प्रत्येक शुक्रबार साताभरी भएका काम सार्वजनिक गर्ने पनि जनाएको छ ।

हेर्नुहोस् एक सातामा प्रधानमन्त्री र्काालयले गरेको काम  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?