१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
कांग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गरेको थियो । त्यसमा केही नेतालाई संक्रमण पुष्टि भएको हो ।
आफूलाई कोरोना संक्रमण भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताएका छन् ।
आफू होम आइसोलेसनमा रहेको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेका छन् ।
असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।
— Gagan Thapa (@thapagk) October 3, 2020