+
+
Shares

गाउँपालिकाका सूचना प्रविधि अधिकृत १ लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १६:३८
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई एक लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले काठमाडौंको बालाजुबाट नियन्त्रणमा लिएको छ ।
  • भुक्तानी रकममा कमिसन मागेको सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
  • आयोगले जारी गरेको विज्ञप्ति अनुसार पक्राउ परेका तामाङलाई म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

१९ साउन, काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

भुक्तानी रकममा कमिसन मागेको सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले तामाङलाई काठमाडौं महानगरपालिका-१६ बालाजुबाट सोमबार नियन्त्रणमा लिएको हो ।

तामाङलाई म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?