+
+
Shares

डिभिजन सडक कार्यालय भक्तपुरका इन्जिनियर दम्पतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालयका इन्जिनियर शैलेन्द्रकुमार चौधरी र उनकी श्रीमती अर्पणाकुमारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • चौधरीमाथि सार्वजनिक पदको दुरुपयोग गरी २ करोड २६ लाख १३ हजार १३३ रुपैयाँ ३६ पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ ।
  • आयोगले चौधरीलाई कैद, बिगोबमोजिम जरिवाना र श्रीमतीका नाममा रहेको अवैध सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।

१३ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरी र उनकी श्रीमती अर्पणाकुमारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगले शैलेन्द्र विरुद्ध २ करोड २६ लाख १३ हजार १३३ रुपैयाँ ३६ पैसाको अवैध सम्पती आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले शैलेन्द्रकी श्रीमतीका नाममा खरिद गरिएका तथा कायम गरिएका सम्पतीहरू जफत गर्न भनेको छ ।

चौधरीले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले दाबी छ । उनले वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइछिपाइ झुटा विवरणसमेत पेश गरेको आरोप आयोगले लगाएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम चौधरीलाई कैद, बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?