+
+
Shares

६ लाख घुस रकमसहित चुलाचुली गाउँपालिकाका इन्जिनियर पक्राउ

पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १५:४६

३१ असार, काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाका एक जना इन्जिनियर ६ लाख घुस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनलाई अख्तियारको टोलीले झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट बुधबार पक्राउ परेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

अख्तियारका अनुसार इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरढा गरिदिने भन्दै दु:ख र हैरानी दिई घुस/रिसवत मागेका थिए ।

सेवाग्राहीबाट लिएको ६ लाख रुपैयाँसहित उनी पक्राउ परेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?