News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको गौरीगञ्ज गाउँपालिका-१ का वडा सचिव अजयकुमार साह १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई एक स्थानीय होटलबाट नियन्त्रणमा लिएको हो ।
- साहले सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्र जारी गर्ने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप लगाइएको छ ।
११ साउन, काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका-१ का वडा सचिव अजयकुमार साह घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा साहलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार साहले सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सोही सूचनाको आधारमा आयोगको टली खटिएको थियो ।
सोही वडामा रहेको एक स्थानीय होटलबाट साहलाई उक्त घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4