+
+
Shares

कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १७ गते २१:३५

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मुद्दाबारे छलफल गर्न शनिबार पार्टी कार्यालयमा बैठक बसिरहेका बेला पीसीआर टेष्टको रिपोर्ट आएको थियो ।

केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको छ । अरु २ जना कर्मचारी भएको कांग्रेस कार्यालय स्रोतले बताएको छ ।

*अपडेट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?