+
+
Shares

म्याद गुज्रेका वस्तु बजार पठाउनेहरु सुटुक्क रिहा, महानिर्देशक भन्छन्- धुरुधुरु रोएपछि छाड्यौं

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ असोज १८ गते १३:००
मुख्य आरोपी पुष्पादेवी अग्रवाल

१८ असोज, काठमाडौं । म्याद नाघेका पौष्टिक पदार्थ र चकलेटजन्य खाद्य वस्तुमा नयाँ उपभोग्य मिति राखेको कसुरमा पक्राउ परेका ७ जनालाई वाणिज्य विभागले सामान्य तारेखमा छोडेको छ ।

बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका रि–लेबलिङमा संलग्न वितरक कम्पनीकी सञ्चालक पुष्पादेवी अग्रवाससहित ७ जनालाई विभागले उधारो धरौटीमा शुक्रबार सुटुक्क हिरासत मुक्त गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पुष्पादेवी बिरामी भएकाले छोडेको बताएका छन् । उनले भने, ‘उनी बिरामी रहेछिन्, धुरुधुरु रोएपछि छोड्यौं ।’ महानिर्देशक सुवेदीका अनुसार पुष्पादेवीका आफन्तले जग्गाको लालपूर्जा विभागमा बुझाएका छन् ।

आइतबार १ करोड धरौटी बुुझाउने सर्तमा मुख्य आरोपी पुष्पादेवीसहित ७ जनालाई सामान्य तारेखमा छोडिएको स्रोतले बतायो । पक्राउ परेका ८ जनामध्ये भारतीय नागरिक रोनक बोथ्रा भने प्रहरी हिरासतमै छन् ।

ओरियो बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, प्रिङ्गल्स र युनिलिभरका अधिकांश उत्पादनमा नयाँ लेभल लगाएको भेटिएको थियो । गुज्रिसकेको उपभोग्य मिति मेटेर नयाँ मिति राखिरहेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले रंगेहात पक्राउ गरेर बिहीबार वाणिज्य विभागको जिम्मा लगाएको थियो । जसमध्ये भारतीय नागरिक बोथ्राबाहेक अरु सबैजना शुक्रबार नै हिरासत मुक्त भएका हुन् ।

हिरासतमुक्त हुनेमा झापा चन्द्रगढी घर भएकी पुष्पादेवी अग्रवाल, रौतहटको गौर नगरपालिका–३ मजकुटिया घर भई हाल काठमाडौंको बल्खु बस्ने मौजिलाल ठाकुरको छोराहरु मुन्ना ठाकुर र पप्पु कुमार ठाकुर, महोत्तरीको बनरा घर भई हाल काठमाडौंको कपुरधारा बस्ने आसाराम सिंहको छोरा श्याम प्रसाद सिंह छन् ।

यसैगरी धादिङको गल्छी–३ कल्लेरी घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने कान्छा वयलकोटीको छोरा राम बहादुर बयलकोटी, धादिङको निलकण्ठ नगरपालिका–६ जल्केनी घर भई हाल काठमाडौंको कलंकी बस्ने बुदे उपरकोटीको छोरा सिताराम उपरकोटी र धादिङको सिद्धलेख गाउँपालिका–४ भेडावारी घर भई हाल काठमाडौंको बाफल बस्ने गुन्ज बहादुर थापामगरको छोरा दिलिप थापामगर पनि हिरासतमुक्त भएका छन् ।

भारत राजस्थान विकानेर श्रीडुङगरगढ ग्राम वडा नं. १३ घर भई हाल काठमाडौंको बाफल बस्ने मागोलाल बोथ्राको छोरा ३५ वर्षीय रोनक बोथ्रा भने हिरासतमै छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?