
१८ असोज, काठमाडौं । नेपाली लेखक संघले १९औं पटक अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ । संघका अध्यक्ष श्रवण मुकारुङले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
सरकारले सम्झौता गरेका मागसमेत पालना नगरेको भन्दै संघले सरकार अविश्वासको बाटोमा हिँडेको समेत जनाएको छ । अनसन बसेको तीन हप्ता बित्दापनि डा. केसीप्रति सरकारको उदासिनता लोकतान्त्रिक मर्मविपरित भएको अध्यक्ष मुकारुङले जनाएका छन् ।
‘आम जनताको लागि अनसन बसेका डा. केसीको विद्रोहमा हामी कवि-लेखकको पूर्ण एक्येबद्धता छ’ कवि मुकारुङले अनलाइनखबरसँग भने । नेपाली लेखक संघ प्रजातान्त्रिक विचारमा आस्था राख्ने साहित्यकारहरूको संस्था हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4