Comments Add Comment

कुमारी बैंकका ग्राहकहरुलाई होटेल ल्याण्डमाकर्मा आकर्षक छुट

१९ असोज, काठमाडौं । कुमारी बैंक लिमिटेड र होटेल ल्याण्डमार्ककाबीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरु लगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३०%, विशेष प्याकेजहरुमा ५%, खानपानमा १५% सम्मको छुट लगायत सोही होटेल/रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नवीन मुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरे । सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्टतर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त छ ।

विगत २० वर्षदेखि निरन्तर सेवा दिईरहेको कुमारी बैंकले आफ्ना १८१ शाखा संजाल, १३९ एटिएम, २२ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आगामी दिनहरुमा पनि ग्राहकको सन्तुष्टि सहित अत्याधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवासुविधाहरु दिदै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment