+
+
Shares

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते ११:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमारी बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रम सुविधा थप गरेको छ।
  • ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा दैनिक एक लाख तथा १५ दिनमा एक जनाले दश लाख रुपैयाँ पुरस्कार जित्न सक्ने व्यवस्था गरिएको छ।
  • यो कार्यक्रमले डिजिटल कारोबार, प्यान तथा भ्याट बिलको प्रयोग र वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ।

१ भदौ, काठमाडौं । कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी इन्सेन्टिभ प्रोग्राम (प्रोत्साहन कार्यक्रम) सुविधा उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन तथा वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

बैंकका अनुसार यस सुविधा मार्फत बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआर मार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् ।

ग्राहकले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपको आईआरडी प्रोत्साहन कार्यक्रम मेनु मार्फत योग्य कारोबारहरूको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्था समेत सजिलै हेर्न सक्ने बैंकले जनाएको छ ।

यसले ग्राहकलाई डिजिटल भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

आन्तरिक राजस्व विभागको व्यवस्था अनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्र मार्फत एक जना ग्राहकले कर कट्टी पश्चात १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्नेछन् ।

बैंकले ग्राहकलाई व्यापारीको क्यूआर मार्फत भुक्तानी गर्न, प्यान र भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा नियमित रूपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ । बैंकले यस अभियानले डिजिटल कारोबार विस्तार गर्नुका साथै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?