११ असार, काठमाडौं । कुमारी बैंक र काठमाडौं टंगालस्थित नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरबीच छुट सम्बन्धी विशेष सम्झौता भएको छ ।
बैंकका ग्राहकलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवामा ग्राहकलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गरिनेछ ।
विगत २५ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्स्टेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बैंकले मेदांता, इन्द्रप्रस्थ एपोलो लगायत देश विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4