+
+
Shares

कुमारी बैंकका ग्राहकले बी एण्ड बी अस्पतालमा छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमारी बैंक र ग्वार्कोस्थित बी एण्ड बी अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
  • सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालका विभिन्न सेवा तथा औषधि खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

२४ जेठ, काठमाडौं । कुमारी बैंकका ग्राहकले बी एण्ड बी अस्पतालका सेवा तथा औषधिमा छुट पाउने भएका छन् ।

बैंक र ग्वार्कोस्थित सो अस्पतालबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरु इनपेसेन्ट, आउटपेसेन्ट, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा बैंकका ग्राहकले १० प्रतिशतसम्मको विशेष छुट पाउने छन् ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहीत बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेबारीको रूपमा लिँदै बैंकले देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गर्दै आएको छ ।

जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँचका लागि मद्दत गर्दछ । बैंकले आगामी दिनहरूमा पनि अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?