+
+
Shares

कुमारी बैंकको ‘ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमारी बैंकले आईएमएस सफ्टवेयरसँगको सहकार्यमा व्यवसायी ग्राहकका लागि ईआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ ।
  • यस प्रणालीमार्फत ईआरपी प्रयोगकर्ताले विनाधितो ५ लाख रुपैयाँसम्मको चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन् ।
  • बैंकले ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमलाई लक्षित गर्दै उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।

२९ जेठ, काठमाडौं । कुमारी बैंकले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले आईएमएस सफ्टवेयरसँगको सहकार्यमा ईआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ ।

कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकलाई यस नवीन पहलमार्फत आईएमएसको ईआरपी सफ्टवेयरमार्फत विनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने भएको छ । यस प्ल्याटफर्मले कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न गर्ने सुविधा प्रदान गर्दछ ।

ईआरपी प्रणालीसँगको प्रत्यक्ष एकीकरणमार्फत बैंकले व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातजस्ता वास्तविक समयमा डेटाका आधारमा कर्जा योग्यता मूल्याङ्कन गर्न सक्नेछ । यस डेटामा आधारित प्रणालीले छिटो र सटिक निर्णय लिन सहयोग पुर्‍याउँदै परम्परागत धितो आवश्यकताविनै व्यवसायलाई वित्तीय पहुँच उपलब्ध गराउँछ ।

‘यसमार्फत ईआरपी प्रयोग गर्ने व्यवसायले आफ्नै कार्यसम्पादनका आधारमा ५ लाख रुपैयाँसम्मको चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन्, जसलाई १२ महिनासम्मको समान मासिक किस्तामार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ‘सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा भविष्यमा कर्जा सीमा वृद्धि गर्दै वित्तीय प्रक्रियालाई अझ सरल, छिटो र प्रभावकारी बनाउने योजना बैंकले राखेको छ ।’

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमहरूलाई लक्षित गर्दै ल्याइएको यस पहलले वित्तीय समावेशीकरणलाई थप सुदृढ पार्ने बैंकको भनाइ छ । बैंकका अनुसार यसले उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?