+
+
Shares

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमारी बैंक र हेल्भेटास नेपालबीच हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा संलग्न व्यवसायको वित्तीय पहुँच विस्तार गर्ने सम्झौता भएको छ।
  • सम्झौताअनुसार सुक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय र अन्य मूल्य शृङ्खला साझेदारलाई व्यवसाय विकाससम्बन्धी सहयोग पनि उपलब्ध गराइनेछ।
  • कुमारी बैंकले २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित इकाइ र १ हजार २३३ भन्दा बढी पीओएस टर्मिनलमार्फत पहल विस्तार गर्ने जनाएको छ।

४ भदौ, काठमाडौं । कुमारी बैंक र हेल्भेटास स्विस इन्टरकोअपरेसन (हेल्भेटास) नेपाल बीच हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा संलग्न व्यवसायलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले एक सम्झौता भएको छ ।

सम्झौतामा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरे ।

सम्झौताअनुसार नेपालको उदीयमान हरित अर्थतन्त्रमा संलग्न सुक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा अन्य मूल्य शृङ्खला साझेदारको वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइनेछ ।

कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यमको विकासका लागि प्रयासरत व्यवसाय तथा उद्यमीलाई वित्तीय स्रोतसँगै आवश्यक व्यावसायिक क्षमता विकासमा बैंकले सहयोग गर्ने बताए। उनका अनुसार यो सहकार्यले हरित तथा जलवायु–उत्थानशील नेपाल निर्माणमा योगदान पुर्‍याउँदै व्यवसायीको वित्तीय पहुँचलाई दिगो बनाउन सहयोग गर्नेछ।

कुमारी बैंकको वित्तीय विशेषज्ञता र हेल्भेटास नेपालको उद्यम विकास तथा समावेशी मूल्य शृङ्खलासम्बन्धी अनुभवलाई एकीकृत गरी सम्भावनायुक्त हरित व्यवसायलाई रोजगारी सिर्जना, नवप्रवर्तन तथा स्थानीय आर्थिक विकासका दीर्घकालीन आधारका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सहकार्यअन्तर्गत वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य शृङ्खलामा संलग्न अन्य सरोकारवालाबीच प्रभावकारी सम्बन्ध स्थापित गर्ने लक्ष्य राखिएको छ। वित्तीय पहुँच विस्तारसँगै उद्यमहरूले प्राप्त वित्तीय स्रोतलाई प्रभावकारी रूपमा परिचालन तथा व्यवस्थापन गर्न सक्ने क्षमता विकासमा समेत जोड दिइनेछ।

यस एकीकृत दृष्टिकोणमार्फत समावेशी, दिगो तथा उत्थानशील उद्यम विकासलाई प्रोत्साहन गर्दै नेपालको हरित अर्थतन्त्र विस्तारमा योगदान पुर्‍याउने दुवै संस्थाको लक्ष्य छ।

कुमारी बैंकले आफ्नो व्यापक शाखा तथा सेवा सञ्जालमार्फत यस पहललाई लक्षित समुदायसम्म विस्तार गर्ने जनाएको छ। बैंकका अनुसार हाल २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा छन्।

ग्राहकमुखी नवप्रवर्तन, उत्तरदायी बैंकिङ तथा दिगो वित्तीय अभ्यासलाई प्राथमिकता दिँदै आएको कुमारी बैंकले हेल्भेटास नेपालसँगको सहकार्यबाट आर्थिक रूपमा सक्षम हरित उद्यम, सुदृढ मूल्य शृङ्खला, रोजगारी सिर्जना तथा जलवायु–उत्थानशील आर्थिक प्रणाली निर्माणमा योगदान पुग्ने विश्वास जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?