Comments Add Comment

श्वासप्रश्वासमा समस्या : कुन अवस्थामा खतरा ?

सास फेर्न समस्या हुनु आफैँमा जोखिमयुक्त कुरा हो । हाम्रो शरीरको हरेक गतिविधि जतिबेलासम्म सास सहज हिसाबले फेरिन्छ त्यतिबेलासम्म जारी रहन्छ । त्यसैले वायुमार्गमा अवरोध नभएर अरु कुनै कारणले सास फेर्न समस्या सिर्जना भएको छ भने त्यो चिन्ता लिनुपर्ने विषय हो । यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्छ ।

वायुमार्ग ट्युब मिलेर बनेको एउटा जटिल प्रणाली हो । वायुमार्गद्वारा मुख वा नाकबाट सास तानेर फोक्सोसम्म पु¥याउने गरिन्छ । यस कारण सास लिन हुने समस्या भनेको वायुमार्गमा हुने समस्या या अरु केही कारणले हुने समस्याका कारण पनि हुन सक्छ ।

श्वासप्रश्वासमा समस्याका लक्षणहरू

सास फेर्दा हुने समस्याहरू निम्नलिखित लक्षणहरूसँग जोडिएको हुन सक्छ ।

–भ्रम

–व्याकलुता

–छालामा नीलो डाम बस्नु

–चक्कर आउनु

–छातीको समस्या

–भयभीत या सशंकित हुनु

–सास लिने समय ठूलो आवाज आउनु

–थकान

–बेहोस हुनु

–गर्धनमा हुने दुखाइ आदि ।

चिकित्सकलाई कस्तो अवस्थामा देखाउने ?

यदि हामीलाई सास फेर्ने क्रममा निम्न समस्या देखियो भने चिकित्सकसँग सम्पर्क गर्नुपर्छ

–यदि एक महिनाभन्दा धेरै समयसम्म सास फेर्न कठिनाइ भयो भने

–सुतेको समयमा श्वासप्रश्वासको स्थिति खराब हुनु

–तीन हप्ता या त्योभन्दा धेरै समयसम्म खोकी लाग्नु

–सास लिन समस्या हुँदाहुँदै अन्य विभिन्न किसिमका शारीरिक समस्या भयो भने ।

श्वासप्रश्वासमा हुने समस्याको कारण

सास फेर्न समस्या हुनुका विभिन्न कारणहरू हुने गर्छ । उदाहरणको लागि हृदय रोगका कारण समेत सास लिन समस्या हुन सक्छ । किनकि यस स्थितिमा शरीरमा पर्याप्त मात्रामा अक्सिजन पु¥याउनको लागि हामी पर्याप्त मात्रामा रगतलाई पम्प गर्न सक्दैनौं । सास लिनमा समस्या पैदा गर्ने केही कारणहरूमध्ये केही कारण हामीसँग छ ।

–कुनै बाहिरी वस्तुलाई सासको माध्यमबाट भित्र तान्नु या बाहिर निकाल्नु

–सिस्टिक फाइब्रोसिस

–नाक या मुखमा कुनै छोटो वस्तु अट्किनु

–एलर्जिक रिएक्सन

–कुनै दुर्घटनाबाट वायुमार्गमा अवरोध सिर्जना हुनु

–अत्यधिक धुवाँमा सास लिनु

–ब्याक्टेरियल इन्फेक्सन

–अस्थमा

–श्वास नलीको भित्ता क्षतिग्रस्त हुनु आदि ।

सास लिनको लागि कुन अवस्थामा खतरा हुने गर्छ ?

वयस्कको तुलनामा बच्चाहरूको वायुमार्गमा बाहिरी वस्तु फस्ने सम्भावना बढी हुन्छ । उनीहरू नाक या मुखमा खेलौना या अन्य सानासाना वस्तु लैजाने गर्छन् । वायुमार्गमा अवरोध उत्पन्न गर्ने अन्य जोखिमका कारक निम्न लिखित खालका छन् ।

–झिँगा जस्तो किरा र बदाम जस्तो खाद्य पदार्थबाट एलर्जी हुन सक्छ ।

–जन्मदोष या बिरामीहरु जसले वायुमार्गमा समस्या पैदा गर्न सक्छ ।

–धुम्रपान

–ती मान्छे जसले खाएको कुरा निल्न पहिलेदेखि नै समस्या महसुस गछ्र्रन् । त्यस्ता मान्छेलाई पनि यस्तो अवस्था खतरनाक खालको हुन सक्छ ।

सास लिनबाट हुन सक्ने समस्याबाट बच्ने उपाय

तल उल्लेखित उपायबाट श्वासप्रश्वासमा हुने कैयौं प्रकारका जोखिमलाई रोक्न सकिन्छ ।

–खाना खानुभन्दा पहिले अत्यधिक मात्रामा मदिरा पिउनबाट बचौं ।

–भोजनको समयमा सानो सानो टुक्रा बनाए

–भोजन बिस्तारै बिस्तारै खानुपर्छ ।

–साना बच्चाले खाना खाएको बेलामा उनीहरूको ख्याल गर्नुपर्छ ।

–भोजन राम्रोसँग चपाएर खानुपर्छ ।

–सानो सामानहरू बच्चाबाट टाढा राख्नुपर्छ ।

आफ्नो व्यवहारमा ध्यान दिएर पनि सासको समस्याबाट बच्न सकिन्छ

–धुम्रपानबाट बचौं – चाहे तपाईंले लामो समयसम्म धुम्रपान गरिरहनु भएको छ भने पनि चुरोटमुक्त भएपछि धेरैहदसम्म हामी हृदयरोगको जोखिमबाट मुक्त हुन्छौं ।

–प्रदूषणबाट बचौं –धुम्रपान जस्तै प्रदूषण पनि सासको समस्याको लागि एउटा कारण हुन सक्छ । त्यसैले प्रदूषणबाट बच्नु पनि सासको समस्या न्यूनीकरणको उपाय हो ।

–यदि वजन ज्यादा छ भने त्यसलाई कम गर्नुहोस् । त्यसलाई बढ्न त दिनै हुँदैन ।

–आफ्नो ख्याल राख्नुहोस् र आफूलाई कुनै चिकित्सासम्बन्धी समस्या भएमा तुरुन्त चिकित्सकसँग सल्लाह गर्नुहोस् ।

–आफ्नो कार्यको योजना बनाउनुहोस् । चिकित्सकसँग यस विषयमा कुराकानी गर्नुहोस् ताकि लक्षण विग्रिँदै गयो भने के गर्न सकिन्छ भनेर ।

–अधिक उचाइ भएको ठाउँमा परिश्रम गर्ने कोसिस नगर्नुहोस् ।

सास लिन हुने समस्याको उपचार

यस विकासको उपचारका लागि औषधिको प्रयोग पसिन गर्न सकिन्छ । तर प्रायः सास फेर्ने क्रममा हुने समस्यालाई समाधान गर्न मद्दत गर्ने गर्छ । त्यसलाई कम गर्न निम्न उपायहरू अपनाउन सकिन्छ ।

–मोर्फिन जस्तो ओपीडी औषधि ।

–चिन्ता निवारक औषधि जस्तै लोरजेपम ।

–त्यस्तो औषधि जसले वायुमार्गलाई खोल्ने गर्छ ।

–निमोनिया या अन्य संक्रमण रोक्न एन्टिवायोटिक आदि ।

–अक्सिजन थेरापी ।

–जीवनशैली परिवर्तन आदिबाट पनि सास फेर्दा हुने समस्या कम गर्न सकिन्छ ।

सास फेर्ने समस्या कम गर्न के–के खाने ?

सास फेर्ने समस्या कम गर्न खाने खानाहरू पनि पर्याप्त देख्न सकिन्छ । जसमा श्वासप्रश्वास सम्बन्धी समस्यामा निम्न खाद्य पदार्थको सेवन गर्नुपर्छ ।

–फल र तरकारी

–माछा मासु

–विभिन्न गेडागुडीहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment