Comments Add Comment

सप्तरी र सिराहाका दुई जना कोरोना संक्रमितको मृत्यु

२३ असोज, जनकपुरधाम । सप्तरी र सिराहाका दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय पुरुष र सिराहाको लहान नगरपालिका-६ का ४८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएका सप्तरीका पुरुष सब इन्जिनियर थिए । मुटु सम्बन्धी रोगबाट पीडित उनी उपचारका लागि काठमाडौंको मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा स्वाब संकलन गर्दा पोजेटिभ आएको र उनको बिहीबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

सिराहा लहानकी ४८ वर्षीया महिलाको भने ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत असोज १३ गते पाटन अस्पतालमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका निमित्त प्रमुख कृष्णदेव यादवले जानकारी दिए । उपचारकै क्रममा कोरोना पोजेटिभ देखिएका उनको उपचारको क्रममा असोज १९ गते नै मृत्यु भएपनि जिल्लामा आज मात्रै जानकारी आएको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment