
२३ असोज, विराटनगर । मोरङको विराटनगरमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको शुक्रबार मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि शुक्रबार दिउँसो विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्याइएकी ५५ वर्षीया महिलाको ४ः३० बजे मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार मृतक महिला विराटनगर महानगरपालिका–१२ बखरीकी हुन् । उनका अनुसार श्वासप्रश्वासमा अचानक समस्या भएपछि महिलालाई सिटी सफारीमा राखेर थप उपचारका लागि अस्पताल ल्याइएको थियो ।आइसोलेसनमा भर्ना गर्नका लागि आकस्मिक कक्षमा पुर्याइएको केही बेरमै उनको मृत्यु भएको हो ।
दाहालका अनुसार महिलामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेकी थिइन् । मृतक महिलामा मधुमेह र बाथ रोगको समस्या रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4