Comments Add Comment

७८ बर्षमा अमिताभ बच्चन

बलिउड नायक अमिताभ बच्चन आज आफ्नो ७८ औं जन्मदिन मनाइरहेका छन् । सन् १९४२ अक्टुबर ११ तारिखमा जन्मिएका अमिताभ बच्चनले चलचित्र ‘सात हिन्दुस्तान’मा पहिलो पटक काम गरेका थिए ।

७० को दशकमा अमिताभले अभिनय गरेका ‘जन्जिर, दिवार, सोले’ जस्ता चलचित्रले बक्स अफिसमा धुम मच्चाए । ७० र ८० को दशकमा अमिताभले सिंगो बलिउडलाई आफ्नो काँधमा बोकेका थिए ।

भारतका प्रतिष्ठित अवार्डको साथमा विभिन्न देशबाट समेत सम्मानित भएका नायक बच्चनले थुप्रै चलचित्र सम्बन्धी अवार्ड समेत प्राप्त गरेका छन् ।

सन् १९८२ जुलाई २६ मा चलचित्र ‘कुल्ली’को छायांकनका क्रममा अमिताभ घाइते भएका थिए । उनी सो समयमा लामो समयसम्म अस्पतालमा रहेका थिए । यसपछि भने अमिताभ बच्चनले लामो समयसम्म चलचित्रमा काम गरेनन् । यो चलचित्रले बक्स अफिसमा भने धुम मच्चाएको थियो ।

आज पनि अमिताभ बलिउडमा सक्रिय छन् । उनी, ‘कौन बनेगा करोडपति’ जस्तो लोकप्रिय शोको संचालक समेत हुन् ।

अमिताभको जन्मदिनमा उनको घर अगाडि हजारौ फ्यानको भीड लाग्ने गरेको थियो । तर, कोरोना भाइरसका कारण यो बर्ष अमिताभले जन्मदिनको कुनै पनि कार्यक्रम आयोजना गरेका छैनन् ।

बलिउडमा उनलाई थुप्रै उपनामले बोलाइन्छ । बलिउड चलचित्रका अग्लो कदमा यी नायकलाई जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment