+
+
Shares

‘बलात्कारी जोगाउन पञ्चायती बसाउन पाइँदैन’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २५ गते १९:४१

२५ असोज, सप्तरी । बलात्कारको घटनामा पञ्चायतीको माध्यमले उन्मुक्ति दिने कार्य बढेको भन्दै सप्तरीमा आइतबार विरोध प्रदर्शन भएको छ ।

युवाहरुको एक समूहले बलात्कार गर्नेलाई कानुन अनुसारको कारवाही गराउनुको सट्टा पञ्चायती बसाएर उन्मुक्ति दिन खोजेको भन्दै विरोध जनाएका हुन् । सदरमुकाम राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट सुरु भएको विरोध जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।

युवाहरुले ‘बलात्कार प्रयासको घटनालाई ढाकछोप गर्न पाइँदैन, बलात्कार प्रयासको घटना मिलाउने जनप्रतिनिधि, नेता र प्रहरीलाई कारवाही गर, पीडितलाई उल्टै मानसिक तनाव दिने काम बन्द गर, बलात्कार प्रयासमा संलग्नलाई कारवाही गर, बलात्कारीलाई उन्मुक्ति दिन पाइँदैन, बलात्कार गर्ने अपराधी जोगाउन पञ्चायती बसाउन पाइँदैन’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

पछिल्लो समयमा सप्तरी र सिरहा जिल्लामा बलात्कारको घटनालाई पञ्चायतीमार्फत टुंग्याउन खोजिएपछि आफूहरु आन्दोलनमा उत्रेको आन्दोलनकी अगुवा सुनीता साहले बताइन् ।

उनले पञ्चायतीकै मार्फत् सप्तरीको खडक नगरपालिका वडा नम्बर ११ लालपुरमा दुई जना किशोरीसँग गरिएको बलात्कार प्रयासको घटनालाई पनि ल्ुकाउन खोजिएको बताइन् । ‘त्यस्ता जनप्रतिनिधि, प्रहरी र नेतालाई कारवाही हुनुपर्छ’ उनले भनिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?