Comments Add Comment

सिकलसेल एनिमिया : कसलाई र किन हुन्छ ?

एक किसिमको रगतसम्बन्धी वंशानुगत रोग हो, सिकलसेल एनिमिया । यो समस्या आमाबुवा दुबैमा छ भने बच्चामा पनि यसको समस्या देखिने संभावना धेरै हुन्छ ।

यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लान्छ । सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रक्रिया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ । एक पटक शरीरमा यो प्रणाली विकास भएमा एक देखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखापर्न सक्छ ।

सामान्य अवस्थाको रातो रक्तकोषिका गोलो र चिव्लो हुनुका साथै यसको आयु एक सय २० दिनको हुन्छ । जबकी सिकलसेल एनिमिया भएको व्यक्तिमा रक्तकोष हसिया आकारको (विकृत) हुन्छ ।

यस्तो विकृत रक्तकोषको आयु पनि दश देशदेखि बीस दिनको मात्र हुन्छ । एकातिर रगत ढिला बन्ने र अर्कोतिर बनेको रक्तकोषको आयु छोटो हुँदा सिकलसेल एनिमिया भइसकेपछि शरीरको विभिन्न महत्वर्पूर्ण अंग र प्रणालीमा यसको प्रभाव देखिन थाल्छ ।

सिकलसेल एनिमियाको संकेत

सिकलसेल एनिमिया बाल्यावस्थाबाटै देखिन सुरु हुने गर्छ । सिकलसेल भएमा रातो रक्तकोषको संख्या घट्ने हुँदा एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भई रहने, शरीरको विभिन्न भागमा दुखाई महसुस हुने भएकोले यसले जीवनभर सास्ती दिन्छ ।

सिकलसेल भएका व्यक्तिहरुमा शरीरका विभिन्न अंगहरुमा अक्सिजन सहितको रातो रक्तकोषहरु पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्क लगायतका अंगहरुमा क्षति पु¥याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पु¥याउन सक्छ ।

यसकै कारण फोक्सोमा रगत पु¥याउने नलीमा रक्तचाप बढ्दा हृदयाघत भई मानिसको मृत्यु समेत हुनसक्छ । संक्रमित व्यक्तिले काम गर्न पनि कठिन हुने भएको यसले व्यक्तिको के छ बच्ने उपाय ?

सिकलसेल एनिमिया आफैमा निको नहुने रोगहरु मध्यमा पर्छ । यो रोग एक पटक लागेपछि निको नहुने भएकोले यो रोगबाट बच्ने एकमात्र उपाय भनेको नयाँ रोग लाग्नबाट बच्ने मात्र हो ।

कसलाई हुन्छ सिकलसेल एनिमिया ?

परिवारमा श्रीमान र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पिडित भएमा उनीहरुबाट जम्मने बच्चाहरुमा समेत सिकलसेल एनिमिया हुने सम्भावना धेरै हुने गर्छ । त्यसैले उनीहरुमा रोग भए, नभएको पहिचान गरेर मात्र विवाह गर्ने सल्लाह दिएको अवस्थामा नयाँ पुस्ताहरुलाई सिकलसेल एनिमिया हुनबाट जोगाउन सकिन्छ । त्यसैले यो रोगबाट जोगिनका लागि पनि पर्याप्त जनचेतना फैलाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment